
२३ कार्तिक,
बाँके । जमुनाहा बिओपीबाट खटिएका सशस्त्र प्रहरीले अवैधरुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको छ ।
मंगलबार आज विहान साढे ११ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ पिप्रहवा सीमा नाकाबाट तस्करी गरेर नेपालगन्ज ल्याउँदै गरिएको ठूलो परिमाणमा साइकलका पार्ट्स, मोटर पार्ट्स र १० कार्टुन स्याउ गरी अन्दाजी मुल्य रु १ लाख ३५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको जमुनाहा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् ।
उक्त बरामद गरेको सामानहरु थप आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कर्यालय बुझाइएको प्रहरीले जनाएको छ ।





