२३ कार्तिक,

बाँके । पैदल यात्रु विनोद अधिकारीलाई ठक्कर दिने कार नियन्त्रणमा आए पनि कार चालक भने अझै फरार रहेको छ ।

आइतबार २१ गते राती ८ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. १४ स्थित हवलदारपुरमा बा ०१–०२५ च ८८–३९ नम्बरको स्कोडा कम्पनीको कारको ठक्करले स्थानिय ३२ वर्षिय विनोद अधिकारी को घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर कार र कार चालक दुवै फरार रहेका थिए ।

सोही घटनाको अनुसन्धनको क्रममा एक जना आफुले सो कार चालएको बताउँदै प्रहरी कार्यालयमा आएपनि प्रारम्भिक अनुसन्धनबाट उनी नक्कली चालक रहेका प्रहरीले जनाएको छ ।

अधिकारीलाई ठक्कर दिने स्कोडा कम्पनी कारको सवारी धनी सरोज हमाल रहेता पनि उक्त दुर्घटनाको दिन उनका छोरा अनिश हमालले कार चालएका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रबिन्द्र खनाल जानकारी दिएका छन ।

कार चालक अनिश हमाल अहिले सम्म फरार रहेका र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अधिकारीलाई ठक्कर दिएर बेपत्ता भएको कारलाई १२ घण्टाको भित्रमा राप्तीसोनारी गाउँपालिका वडा नं.२ मा फेला पारेर ईलाका प्रहरी कार्यालयमा बुझाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐन मल्लले बताउनुभयो ।

नियन्त्रणमा आएको कारको आधारमा अनुसन्धन अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख