
२३ कार्तिक,
जनगणनाका लागि घरमा आएका गणकहरु संग झुटो बोल्ने, असहयोग गर्ने गरेको पाइएमा कारबाही हुने व्यवस्था रहेको छ ।
जानीजानी कुनै झुट्टा खबर वा विवरण दिएमा वा दिलाएमा, विवरण तोकिएको म्यादभित्र नदिएमा वा दिन इन्कार गरेमा कानुन बमोजिम कारबाही हुने केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।
कानुन अनुसार जनगणनामा असहयोग गर्नेलाई तथ्याङक ऐन २०१५ मा भनिएको छ, ‘दफा ३ वा दफा ४ वा दफा ५ अन्तर्गत कुनै खबर वा विवरण दिनुपर्ने कर्तव्य भएका कुनै व्यक्तिले देहायको कसूर गरेमा निजलाई त्यस्तो प्रत्येक कसूरको निमित्त दुई सय सम्म जरिवाना वा दुई महिना सम्म कैद वा दुवै सजाय हुनेछ।’
राष्ट्रिय जनगणना २०७८ यही कार्तिक २५ गते बिहीबारदेखि सुरुहुनेछ । जनगण्नामा ५५ देखि ८० वटा प्रश्न सोध्ने केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।





