२३ कार्तिक,

कैलाली । नेपाली सेनाका मेजरलाई चिसापानी इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

आइतबार राती लम्कीचुहा नगरपालिका वडा नं.३ को गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाही जाँड खाएर होहल्ला गर्दै आतंक मचाएका थिए । उनलाई हतियारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनी मदिरा सेवान गरी बाटोमा हिँडिरहेको मानिसहरुलाई गालीगलौज गर्दै हिँडिरहेका थिए । संगम होटलका सञ्चालक हर्क रावललाई समेत उनी गालीगालौच गर्नुका साथै हातपात पनि गरेके थिए ।

स्थानियका अनुसार, सेनाका मेजर मदिराको तालमा स्थानियलाई गालीगलौज र हातपातको प्रयास गरेका थिए । उनी राइफल समातेर बजारमा निस्केको बताएका छन । मेजरको यस्तो रुपले स्थानीय त्रसित बनेका थिए ।

मेजर शाहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मेजरलाई प्रहरीले सुरक्षा दिएको भन्दै र कडा कारबाहीको माग गर्दै स्थानियले इलाका प्रहरी कार्यालय चिसापानीमा ढुंगामुढा गरेका थिए ।

मदिराको नशाले गल्ती गरेको भन्दै मेजर शाहीले माफी मागेको प्रहरीले जनाएको छ।

यस विषयमा छानविन गर्न सुर्खेतस्थित पृतनालयले एक टोली चिसापानी पठाएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित ख