२२ कार्तिक,

दाङ । सल्यान र दाङको सिमानामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा, सल्यान कालिमाटी गाउँपालिका वडा नं.३ का सवारी धनी देवबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलकपुरका प्रहरी निरीक्षक नविन चुदालीले जानकारी दिए ।

उनका अनुसार सल्यानको कालिमाटी गाउँपालिका वडा नं.३ कालिमाटीबाट दाङको तुलसीपुर जाँदै गरेको भे१त ५२२ नम्बरको जिप दाङ जिल्लाको बबई गाउँपालिका वडा नं.२ एक्लेबर नजिकै सोमबार बिहान दुर्घटना भएको हो ।

जिपमा सवार यात्रुको सख्या यकिन नभए पनि २१ जना घाइते भएको प्रहरी निरीक्षक चुदालीले बताए । दुर्घटनामा पारी घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

जिप चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख