१७ कार्तिक,

रुपन्देही ।  बुटवलबाट आज बिहानै अवैध सामान सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा, सैनामैना नगरपालिका वडा नं.२ बस्ने ४० वर्षका तुलसी थारु र सोही ठाउँ बस्ने बर्ष ४० का मीनप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका वडा न.१ स्थित तिनाउ पुलबाट लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिई चेकजाँच गर्दा पिकअप भ्यानमा ६० हजार पिस लिपगार्ड, २३६ पिस कुर्था सुरुवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी अन्दाजी मुल्य ५१ लाख हजार ५ बराबरको सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ती सामान कपिलवस्तुका विभिन्न नाका हुँदै बुटवल ल्याउँदै गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख