१७ कार्तिक,

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले खोप केन्द्रको निरीक्षण गरेका छन ।

कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । निरिक्षणको क्रममा कोरोना महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको मन्त्री खतिवडाले बताए ।

तिहारपछि पुन खोप कार्यक्रम सञ्चालनमा आउने उनले जनाएका छन । त्यही क्रममा उनले भने “खोप कार्यक्रम तिव्र रुपमा अगाडी बढाउनका लागि थप स्थानहरुमा खोप केन्द« स्थापना गर्र्दैछौं” ।
विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाका लागि प्रयोग गरिने बताए ।

मङ्गलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख