
१७ कार्तिक,
बाँके । प्रहरीले अबैध रुपमा भन्सार छली को सामान बरामद गरेको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं.१५ पिप्रहवा स्थित नेपालबाट भारत तर्फ जादै गरेको सुर्ती जन्य (तम्बाखु) कच्चा पदार्थ १६ बोरा अन्दाजी मुल्य रु.४,५०,०००।– (चार लाख पचास हजार) बराबरको सामान इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
बरामद गरेको उक्त सामान थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।





