
१६ कार्तिक,
बाँके । सीता एयरको जहाज नेपालगंज विमानस्थल धावनमार्गमा बँदेलसंग ठोक्किएर दुुर्धटनामा परेको छ ।
आज बिहान ७ बजेको समयमा हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएवी कल साइन जहाज धावनमार्गमा बँदेल देखी ठोक्किएको हो ।
दर्घटनाबाट मानवीय क्षति भएको छैन ।
१४ जना यात्रु र चालक दलका सदस्या गरी जम्मा १७ जना सवार सबै सकुुशल रहेका बाँकेका डिएसपी मधुसुदन न्यौपनेले जानकारी दिनु भयो ।
उक्त दुर्घटनाबाट जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालन गरिसकेको डएसपी न्यौपानेले बताए ।





