
१५ कार्तिक,
बाँके । भारतको रुपैडिहा हुदैं अफगानी नागरिकहरु नेपाल प्रवेश हुने सम्भावना बाढेको हुनाले बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ ।
गृह मन्त्रलयबाट बिज्ञप्ती जारी भएसंगै बाँके जिल्लको नेपालगंजस्थित जमुनाह नाकामा कडाई सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिनुभयो ।
उनका अनुसार,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमा उच्च सर्तकता अपनाई सिमा नाकामा कडाई गरिएको र भारतबाट नेपाल प्रवेश गर्ने सम्पुर्ण भारतीहरुलाई भारतीय आधार कार्ड देखाएर मात्र त्यसको आधारमा प्रवेश गर्न निषेध गरिएको छ ।
नेपाल प्रवेशका लागि नेपालगञ्जस्थित जमुनाहलाई सहज नाकाका रुपमा लिइने भएकाले यो नाकाबाट कुनै पनि हालतमा अफगानीलाई छिर्न नदिनतर्फ उच्च सतर्कता अपनाइएको प्रजिअ खत्रीको भनाइ छ । त्यसैले प्रमुख नाकाको साथ साथै सहायक नाकामा समेत कडाई गरिएको बताए ।
त्यसैगरी भारतबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीमा समेत खतरा रहेको हुनले निगरानी बढाइएको हो । मैत्रीपुर्ण बातावरण सिर्जना गर्दै यात्रा गरेर टाढाबाट आएकालाई विशेष ख्याल गर्दै नजिकैबाट आएकालाई पनि सोधपुछ गरी कागजातका आधारमा नेपाल प्रवेश गर्न दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो ।





