
१४ कार्तिक,
बाँके । रेड पाण्डा ओसारपसार मुद्दामा एक जना पक्राउ परेका छन ।
प्रहरीका अनुसार, सम्मानित बाँके जिल्ला अदालतबाट रेड पाण्डा ओसारपसार मुद्दामा ५ वर्ष ५ महिना १४ दिन कैद सजाय तोकिएका बैजनाथ गाउँपालिका वडा नं. ६ को ४२ वर्षिय नर बहादुर वली लाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
उनी २०७७ साल असोज २ गते अदालतले फैसला सुनाए पछि हालसम्म फरार रहेका थिए ।
उक्त मुद्दामा पक्राउ परेका वलीलाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।





