
१३ कार्तिक,
कैलाली । टिकापुरमा चक्कु प्रहार गरी एक जनाको हत्य गरिएको छ ।
हत्याहुनेमा, जिल्ला कैलाली टिकापुर नगरपालीका वडा नं. ०८ कालीमाटी बस्ने लोक बहादुर साउदको छोरा बर्ष १८ को अनुप साउदको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
शुक्रबार राती करिब साढे १० बजेको समयमा टिकापुर नगरपालीका वडा नं. ८ कालीमाटी स्थीत स्थानमा बादबिबाद भई झगडा हुदा किरण साउदले अनुप साउदलाई धारीलो हतियार (चक्कु) प्रहार गरेका थिए । चक्कु प्रहारबाट आन्द्रा बाहिर निस्किएर गम्भिर घाइते भएका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको थियो । भजनी नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किरणलाई हत्या आरोपमा पक्राउ गरिएको नायब उपरीक्षक बिष्टले बताए ।





