
१० कार्तिक,
कञ्चनपुर । गैंडाको आक्रमणबाट कञ्चनपुरमा एक जना घाइते भएका छन ।
घाइतेहुनेमा, बेलौरी नगरपालिका वडा नं.४ शान्तिपुरका ५० वर्षीय बलीराम राना गैंडाको आक्रमणबाट बुधबार बिहान गम्भीर घाइते भएका छन्।
च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैंडाले आक्रमण गरी घाइते बनाएको कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले जानकारी दिए ।
गैंडाले आक्रमण गरी गम्भीर घाइते बनाएका रानाको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रानाको ढाडमा गहिरो घाउ लागेको छ ।





