
२२ बैशाख,
बाँके । बाँके प्रहरीले अङ्गभङ्ग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
बाँके जिल्ला अदालतको मिति २०५५/०२/२४ गतेको फैसलाअनुसार कैद सजाय तोकिएका जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका–२१ बस्ने ५५ वर्षीय अफजल खाँलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादीको खोजी कार्यलाई तीव्रता दिइएको र यस्ता अभियान निरन्तर जारी रहने बताइएको छ।








