
सरकारले देशभर रहेका मालपोत कार्यालयको नाम परिवर्तन गरेको छ । अब ‘मालपोत कार्यालय’ लाई ‘भूमि प्रशासन कार्यालय’ नामबाट चिनिने भएको छ ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ शब्द हटाएर त्यसको सट्टा ‘भूमि प्रशासन कार्यालय’ राखेको हो ।
यससँगै अब ‘मालपोत अधिकृत’ को पदनाम पनि परिवर्तन गरिएको छ । संशोधित व्यवस्था अनुसार अब उक्त पदलाई ‘भूमि प्रशासन अधिकृत’ भनिनेछ ।
सरकारले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई समयानुकूल, व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले नाम परिवर्तन गरिएको जनाएको छ । नयाँ नामकरणपछि सम्बन्धित कार्यालयका बोर्ड, कागजात तथा प्रशासनिक प्रक्रियामा समेत क्रमशः परिवर्तन गरिने अपेक्षा गरिएको छ ।
यो निर्णयसँगै सेवाग्राहीले अब देशभरका मालपोत कार्यालयलाई ‘भूमि प्रशासन कार्यालय’ का रूपमा चिन्नुपर्नेछ ।
अब मालपोत कार्यालय होइन, ‘भूमि प्रशासन कार्यालय’ ! सरकारले गर्यो नाम परिवर्तन ।





