१७ बैशाख,

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंज उपमहानगरपालिका–१६ र १७ क्षेत्रबाट भारतबाट अबैध रूपमा ल्याइएका माछा, बोईलर कुखुरा तथा अन्य विभिन्न सामान बरामद गरेको छ।

प्रहरीका अनुसार १० किलोग्राम माछा र ३० वटा बोईलर कुखुरा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगंज पठाइएको छ।

त्यस्तै, नेपालगंज–२ क्षेत्रबाट भन्सार छलि तस्करी गरी ल्याइएका फलफूल, लत्ताकपडा तथा ‘माउन्टेन ड्यू’ पेय पदार्थसहित करिब रु. २ लाख ९ हजार २४० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख