७ बैशाख,

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले चौथो दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतद्वारा प्रकाशित सूचनाअनुसार उक्त दीक्षान्त समारोह २०८३ जेठ ५ गते सम्पन्न हुने तय गरिएको छ।

विश्वविद्यालयका अनुसार आवेदन प्रक्रिया वैशाख ८ गते देखि सुरु भई वैशाख २० गते साँझ ५ बजेसम्म मात्र खुला रहनेछ। इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइट मार्फत “Convocation Form” मा गई अनलाइन फाराम भर्न सक्नेछन्।

यो दीक्षान्त समारोहमा २०८१ फागुन १ गतेदेखि २०८३ वैशाख १४ गतेसम्म स्नातक, स्नातकोत्तर, दर्शनाचार्य (एम.फिल) तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू मात्र सहभागी हुन योग्य हुने जनाइएको छ।

आवेदन गर्दा विद्यार्थीहरूले हालसालै खिचिएको एमआरपी साइजको फोटो, नागरिकता वा राहदानी, ट्रान्सक्रिप्ट तथा बैंक भौचर लगायतका कागजात PDF फारम्याटमा (२५ एमबी भन्दा कम) अपलोड गर्नुपर्नेछ। साथै, अनलाइन फाराम भरेपछि त्यसको प्रिन्टसहित कागजातहरूको हार्डकपी वैशाख २२ गते साँझ ५ बजेसम्म सम्बन्धित क्याम्पस वा परीक्षा व्यवस्थापन कार्यालयमा बुझाउनुपर्नेछ।

दीक्षान्त शुल्क स्नातक तहका लागि ४,७५० रुपैयाँ, स्नातकोत्तरका लागि ५,७५० रुपैयाँ, दर्शनाचार्यका लागि ६,७५० रुपैयाँ र विद्यावारिधि तहका लागि १९,२०० रुपैयाँ तोकिएको छ। साथै, अधिकतम दुई जना अभिभावक सहभागी गराउन पाइने र प्रति अभिभावक ५०० रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ।

शुल्क नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वा नबिल बैंक लिमिटेडका सुर्खेत शाखामा रहेको परीक्षा व्यवस्थापन कार्यालयको खातामा जम्मा गर्न सकिनेछ। शुल्क जम्मा गर्दा विद्यार्थीको नाम र रजिस्ट्रेशन नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।

दीक्षान्त समारोहपछि ७ दिनभित्र गाउन, स्कार्फ र ह्याट फिर्ता गरेपछि मात्र धरौटी रकम बैंक खातामार्फत फिर्ता गरिने व्यवस्था गरिएको छ।

विश्वविद्यालयले तोकिएको मापदण्ड नपुगेका आवेदनहरू स्वीकार नगर्ने स्पष्ट पार्दै दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरेको छ। समारोहसम्बन्धी विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख