६ बैशाख,

बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलि गरेर ल्याइएको विभिन्न सामान बरामद गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित आदर्शनगर चोकबाट प्रहरीले फलफूल, तरकारी, माउन्टेन ड्यू र कोक नामक पेय पदार्थसहित ढुवानीमा प्रयोग भएका साईकलहरू बरामद गरेको हो।

बरामद गरिएको सामानको अनुमानित मूल्य रु. १ लाख २२ हजार ७३५ रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख