६ बैशाख,

बाँके । बाँकेको खजुरामा जारी  प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले हात पारेको छ ।

खजुरा गाँपालिका-४ डि गाउँस्थित मिनी रंगशालामा आइतबार भएको फाइनलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले हरायो ।

नाइजेरियाको जितमा क्लब कोनले दुई गोल गरे ।   यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे । प्रतियोगितामा नाइजेरियाका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दि म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दि पिस घोषित भए ।

यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्बाधिक गोलकर्ता बने ।

उपाधिसँगै नाईजेरियन जष्ट जोनले सात लाख रुपियाँ पायो । उपविजेता जेविएमले चार लाख रुपियाँ पायो। साथमा ट्रफी मेडल र प्रमाणपत्र आयोजकले वितरण गर्यो । चैत ३० देखि सुरु भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।  प्रतियोगिता समापनमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एतिहासिक उपलब्धिका रुपमा लिएको बताए । अध्यक्ष बिकले अर्को संस्करण अझ भव्य बनाउनका लागि खजुरा तयार हुने उल्लेख गरे ।  उत्कृष्ट खेलाडीहरुलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल लगायतले पुरस्कृत गरेका थिए ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा चैत ३० गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिता नकआउट आधारमा खेलाइएको हो । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता रहेको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

प्रतियोगिताका विजेता टिमले विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिएको हो । वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको  आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख