
४ असोज,
बाँके । क्रिसा प्याब्सन तथा एन प्याब्सनले कोहलपुर नगरपालिकालाई ५० थान ट्री गार्ड उपलब्ध गराएको छ ।
प्याबसनले बिहीबार करिब १ लाख ५० हजार मूल्य बराबरको ५० थान ट्री गार्ड नगरपालिकालाई उपलब्ध गराएको हो।
कोहलपुर नगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न नगरपालिकाले “हरित सहर हाम्रो रहर” अभियान सुरु गरेको छ ।





