२० बैशाख,

बाँके । नेकपा (एमाले) का नेता सूर्य ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्।

ढकालले हजारौं सुकुम्बासीहरू सडकमा पुगेर घरबारविहीन भएको, महँगी अत्यधिक बढेको तथा हिंसा, हत्या र बलात्कारका घटनाहरू दिनप्रतिदिन वृद्धि भइरहेको उल्लेख गरेका छन्।

उनले ईरान र अमेरिकाबीचको द्वन्द्वका कारण विदेशमा रहेका नेपाली युवाहरू समस्यामा परेको दाबी गरेका छन्। साथै, नेपालको केही भूभागमाथि भारतले कब्जा गरेको आरोप पनि लगाएका छन्।

त्यस्तै, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेका २४ वटा राष्ट्रिय गौरवका आयोजनामा बजेट नछुटाउने भन्दै सरकार प्रचारमै केन्द्रित भएको टिप्पणी गरेका छन्।

ढकालले मुस्ताङ क्षेत्रमा रहेको युरेनियम अमेरिकालाई दिने र त्यसको नाममा अमेरिकी सेना नेपाल ल्याउने तयारी भइरहेको गम्भीर आरोप समेत लगाएका छन्।

यस्तो अवस्थामा देशका मुख्य मुद्दामा आवाज उठाउनुपर्नेहरू नै बिरामी भएर आराममा रहेका एमाले अध्यक्ष ओलीको राजीनामा मागिरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख