५ भाद्र,

✍️ सुरज चौधरी / बाँके । बाँकेको कोहलपुर नगरपालिकाले कागज रहित प्रशासन र नगरका विभिन्न स्थानमा कम्तीमा ४५ स्थानमा फ्री वाइफाइ जडान गर्ने भएको छ ।

आर्थिक वर्ष २०८० / २०८१ मा प्रमुख प्राथमिकताका नीतिहरुमा राखी कार्यान्वयन गरिने कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिएका छन् ।

हामी निर्वाचित भई गठन भएको नगरसभाको तेस्रो एवं कोहलपुर नगरपालिकाको तेह्रौं नगर सभामा वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा हामीले जनतामाझ गरेका प्रतिवद्धता एवं चुनावी घोषणापत्र अनुसार यसलाई प्रमुख प्राथमिकतामा राखेको मेयर आचार्यले बताए ।

यस्तै गुनासो व्यवस्थापन, टोल फ्री ( निशुल्क) नम्बर तथा विपद् समन्वय केन्द्रको स्थापना, नगर भित्रका १५ वटै मुख्य मुख्य क्षेत्रमा सिसिटिभि जडान, सबै वडा कार्यलय, स्वास्थ्य चौकीहरु एबं सामुदायिक विद्यालयहरुमा आफ्नै अप्टिकल फाइबर मार्फत इन्टरनेट सेवा प्रवाहको व्यवस्था पलिकाले गर्ने भएको छ ।

जनतासँग मेयर कार्यक्रम, रोजगार सूचना केन्द्र स्थापना, विद्युतिय सामग्री तथा साधन प्रयोगलाई प्रोत्साहन गरिने, नगर भित्र बसोबास गर्ने अति विपन्न, अल्पसंख्यक, लोपोन्मुख जाति तथा सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई निशुल्क अध्यनको व्यवस्था मिलाइने, डुडुवा रोहिनी खोलालाई तटबन्धन गर्न संघीय तथा प्रदेश सरकार संगको सहकार्यमा प्रयप्ता बजेटको व्यवस्था गरिने आर्थिक वर्ष २०८०/२०८१ का प्रमुख प्राथमिकताका नीतिहरु हुन् ।

यसैगरी कोहलपुर २ स्थित १३ बिगाहा क्षेत्रमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्न सकिने गरी प्याराफिट तथा खेलमैदान निर्माण कार्य अगाडि बढाउनुको साथै कोहलपुर नगर क्षेत्र भित्र पाएक पर्ने स्थानमा शवदाहस्थल निर्माण गरिने भएकोछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख