
१४ साउन,
बाँके । कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरुलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ ।
पालिकाले आईतबार एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिनेहरुलाई पालिकाबाट प्रदान गर्ने सेवा सुविधा बाट वञ्चित गर्ने भएको हो।
साथै सहकारी संस्थाहरुले बचत कर्ताको रकम बचत रकम फिर्ता नगरी अथवा सकाहरीको रकम हिनामिना गरी सम्पर्क विहिन भएका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुको नाम सार्बजनिक गर्नुका साथै भविष्यमा नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गरी कानुनी कारवाहीको प्रक्रिया समेत अघि बढाउने भएको छ ।
सूचनामा हेर्नुहोस्।






