२८ पुस,

बाँके । साताको चौथो दिन बुधबार सेयर बजरमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको २८ करोड ६९ लाख ९९ हजार ३८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो ।

हिमालयको सेयरमा गिरावट आउँदा यूनियन हाइड्रोपावर, जोशि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, छ्याङ्दी हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख