१३ पुस,

नेप्से परिसुचक मंगलबार २.६६ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार पाँच सय १८.९९ को विन्दुमा झरेको छ ।

सेयर बजारमा गिरावट आएसंगै कारोबार रकम हिजोको तुलनामा घटेर सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ । आज उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा राताम्मे भएको छ ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०७ प्रतिशतले उकालो लागेको छ। यस्तै जलविद्युत समूह, व्यापार समूह, विकास बैंक समूह, वित्त समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहमा वृद्धि भएको छ ।

यसैगरी आज गिरावट हुने समुहमा लघुवित्त समूह सर्वाधिक ओरालो लागेको छ। यो संगै बैंकिङ समूह, होटेल तथा पर्यटन समूह, वित्त समूह, जीवन बीमा समूह, म्युचुअल फन्ड र लगानी समूहमा गिरावट आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख