११  पुस,

साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ७१ अंकले वृद्धि भएर २ हजार ५९१.४२ अंकमा पुगेको छ ।

नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन ३२ करोड ७ लाख ४९ हजार ७३६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै   हिमालयन डिस्टिलरीको २६ करोड ६६ लाख, नेपाल लाइफ इन्स्यारेन्सको १९ करोड ७ लाख, शिवम् सिमेन्ट्सको १५ करोड ५२ लाख र नेपाल टेलिकमको १३ करोड ३३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख