२८ मंसिर,

साताको मंगलबार सेयर बजार खुलेको साढे २ घन्टा नहुँदै ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित भएको छ । बजार आज १ः२६ मिनेटमा ६ प्रतिशतले बढेको हो ।

योसँगै आज नेप्से परिसुचक १३७.१८ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार चार सय १८.८५ को विन्दुमा उक्लिएर बन्द भएको छ । भने कारोबार रकम पनि एक अर्ब ४६ करोड रुपैयाँको बराबरमा भएको छ ।

सेयर बजारमा बृद्धि संगै आज नबिल बैंकको सबै भन्दा बढी ९ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । भने नविल बैकसहित १ सय ८८ वटा कम्पनीको सेयरमूल्य बढेको छ ।

आज ६० वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत र १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ ।

सेयर बजार खुलेको पहिलो घन्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ । यस्तै दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने तेस्रो घन्टामा ६ प्रतिशतले घटबढ भएमा यो दिनको बाँकी कारोबार स्थगित गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख