३ मंसिर,

बर्दिया । बर्दियामा सवारी ज्यान मुद्दामा फरार २ जना पक्राउ परेका छन ।

सम्मानित बर्दिया जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा १ महिना ६ दिन कैद र रू.२,०००÷– जरिवाना सजाय तोकिएका हालसम्म फरार रहेका जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ८ सुखाड बस्ने प्रेम गाहा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सोही मुद्दामा १ महिना कैद र रू. ३०,०००÷–जरिवाना सजाय तोकिएका फरार रही आएका ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाँउ बस्ने महेश आचार्यलाई पक्राउ गरेको बर्दिया जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुवै पक्राउ परेकालाई सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख