१ मंसिर,

बर्दिया । बर्दियामा जुवातास खेलीरहेको अवस्थामा ६ जना जुवाडेहरुलाई ढोढरी इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, मधुवन नगरपालिका वडा नं. ६ बुद्ध नगर टोल स्थित झक्कु सुनारको घरमा जुवातास खेलीरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी खटिगई जुवा खेलीरहेको अवस्थामा जुवा खेलाउने घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा, जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.८ बस्ने ईश्वरराज बि.क.,सोही ठाउँको केशवराज अधिकारी, तिर्थ बि.क, लाल ब.बिष्ट, झक्कु सुनार, वलबीर सुनार रहेका छन ।

उनीहरुको साथबाट नगद रु.९१,९५५÷– ( एकान्नबे हजार नौ सय पचपन्न रुपैया) र जुवा खेल्न प्रयोग गरिएको तास बरामद गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक राजन कुमार गौतमको कमाण्डमा खटिगएको प्रहरीले पक्राउ गरेको हो ।

जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख