
१ मंसिर,
दाङ । यात्रुबाहक बसले ट्रकलाई ठक्कर दिदा १० जना घाइते भएका छन ।
आज बिहान साढे ८ बजेको समयमा दाङको पुर्व पश्चिम राजमार्ग अन्र्तगत राप्ती गाउँपालिका–४ खण्डगोपी नाला स्थित पश्चिमदेखि पुर्व जादै गरेको रा १ ख ८१३ नम्बरको बसले लु १ ख ७४०० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइतेहुनेहरुमा, घोराही उपमहानगरपालिका वडा न.१२ बस्ने ७० वर्षीय नारायण प्रसाद बुढा, सोहि ठाउँ बस्ने ४० वर्षीय भोला प्रसाद डि.सि, अन्दाजी ५० वर्षीय लोक बहादुर बस्नेत, अन्दाजी ३६ वर्षीया बिण्णु कुमारी भण्डारी, ३८ वर्षीय गोपाल भण्डारी, ३७ वर्षीय कर्ण बस्नेत, ५० वर्षीया प्रबित्रा बस्नेत , छोरी ३० वर्षीय सुनिता बस्नेत, ४० वर्षीय रमेश भण्डारी र छोरी १२ वर्षीया रबिना भण्डारी रहेका छन ।
घाइते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।





