१ मंसिर,

सरकारले आजदेखि लागु हुनेगरी विद्युत महशुल दर घटाएको छ ।

नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विद्युत नियमन आयोगले आजदेखि नयाँ महशुल दर लागू गर्ने निर्णय भएको हो ।

आउँदो पुस महिनादेखि तिर्नुपर्ने विद्युतको महशुलमा उपभोक्ताले छुट पाउने विद्युत नियमन आयोगका प्रवक्ता डाक्टर रामप्रसाद धितालले जानकारी दिए ।

विद्युतको खपत बढाउनका लागि महशुलमा छुट दिएको विद्युत नियमन आयोगका प्रवक्ता धितालले बताए । उनले इन्डक्सन चुल्हो लगायतका उपकरणको प्रयोग बढाउन पनि सबैसँग आग्रह गरेका हुन ।

विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र लाग्नेछ ।

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्नेछ ।

आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख