
३० कार्तिक,
बाँके । स्वतन्त्र समुहका नेता पशुपति दयाल मिश्रसहितको टोलीलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा वली नेपालगंज आउन लागेका छन ।
मसिंर १ गते एमाले पार्टीका अध्यक्ष वली नेपालगंज आउन लागेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।
पशुपति दयाल मिश्र सहितको साबिकको फोरम लोकतान्त्रिकका केन्दि«य सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक लगायतका विभिन्न पार्टीका करिब ३ हजार कार्यकर्तालाई पार्टी प्रवेश गराउन अध्यक्ष वली आउने गुरुङले बताए ।
मिश्र गत निर्वाचनमा एमालेमा नखुलेका कारण मो.इस्तियाक राई संग ५६२४ मतले पराजित भएका थिए ।





