
३० कार्तिक,
कञ्चनपुर । प्रहरीले भारतबाट चोरी गरेर ल्याएका गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतीय प्रहरीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बेलौरी नगरपालिका वडा नं.१ पटैयामा बस्ने लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ठूलो मात्रामा सुनचाँदीका गरगहना र लाखौं नगद रकम बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाससिंह विष्टले बताए ।
प्रहरी निरिक्षक विष्टका अनुसार, उनीहरु काम गर्दै आएका भारतीय व्यापारीको घरबाट गहना र नगद रकम चोरी गरी ल्याएको हुन सक्ने बताइएको छ ।
उक्त विषयमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।





