
३० कार्तिक,
बर्दिया । बर्दियामा सरकारी कागजात किर्ते मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन।
प्रहरीका अनुसार, सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाबाट सरकारी कागजात किर्ते मुद्दामा १ महिना कैद र रू.५०÷– जरिवाना सजाय तोकिएको थियो ।
उक्त अदालतको फैसलापछि हाल सम्म ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरिगाँउ बस्ने चन्द्र बहादुर सुनार फरार रहेका थिए ।
फरार रहेका सुनारलाई खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बग्नाह भुरिगाँउ बर्दियाको प्रहरी टोलिले पक्राउ गरेको हो ।
पक्राउ गरी उनलाई सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।





