
३० कार्तिक,
बाँके । नेत्र विप्लव चन्द नेतृत्वको नेकपाले गरेको बन्द सफल पार्न सडकमा निस्किएका नेकपा विप्लवका एक कार्यकर्तालाई प्रहरीले नेपालगञ्जमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिका वडा नम्बर ११ सुर्खेत स्थायी ठेगाना भइ हाल बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षिय पुष्कल कुमार माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार,नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक क्षेत्र अगाडी बसेर सडकमा गुडिरहेका ई रिक्सा र मोटरसाइकलका साँचोहरु जबर्जस्ति निकालेर यात्रुहरुलाई दुख दिने गरेको पाइएकाले एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।





