
२९ कार्तिक,
बाँके । नेपालगंज जमुनाह नाकास्थित आज सोमबार मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।
शान्ति पुर्नस्थापना गृह नेपालगंज बाँके, ईलाका प्रहरी कार्यालय जमुनाह बाँके, जिल्ला प्रहरी कार्यालय र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहकार्यमा नेपालगंज उप–महानगरपालिका वडा नं.१५ जमुनाह स्थित एक कार्यक्रमका बिच मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले मानव बेचविखन र ओसारपसार विरुद्धको अभियानलाई सफल पार्न सबैको भूमिका जरुरी रहेको बताउनुभयो । उहाँले सबैले यो मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले मानब बेचबिखन बिरुद्ध हर सम्भव लागी पर्ने र सबैको सहयोग र सहकार्यमा मानव बेचबिखन निस्तेज पार्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको हो ।

शान्ति पुर्नस्थापना गृह नेपालगंज बाँक र ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेको आयोजनामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपालगंज उप–महानगरपालिका महिला सेवा केन्द्रको प्रमुख लगायत स्थानिय जनप्रतिनिधि, भद्र भलाद्मि, मिडियाकर्मि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।







