
२६ कार्तिक,
सिरहा । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा२झ ३६४३ नम्बरको स्कारपिओ दुरपायोग गरेको भन्दै प्रहरीको जिम्ममा बुझाएका हुन ।
उक्त दिन सोही गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ ।
रातीको समयमा एउटै बाटोमा दुइ तिन पटक ओहोर दोहोर गरेपछि रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको एक वडा अध्यक्षले जानकारी दिए ।
उक्त गाडी जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई आफूलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले बताए।
गाउँपालिका अध्यक्ष जागेश्वर यादवले उक्त गाडी वडाअध्यक्ष कपिलदेव यादवले छठ घाटमा घुम्न जान्छु भनेर लगेको बताए ।
उनले भने, ‘म थाकेको थिएँ, ड्राइभर पनि नभएकाले उनीहरुले लान्छु भनेर लगेका थिए, पछि मैले प्रहरीले लगेको थाहा पाएँ । मसँग जसले गाडी लगेको उसैले ल्याउँछ।





