
२६ कार्तिक,
कैलाली । प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३ को लक्ष्मण प्रशाद श्रेष्ठ लाई सवारी ज्यान मुद्दामा पक्राउ गरेको कैलाली जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, सम्मानित कैलाली जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २ महिना २३ दिन कैद तोकिएकोमा २० वर्ष अघि सम्म उनी फरार रहेका थिए ।
उक्त मुद्दामा फरार रहेका श्रेष्ठलाइ पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।





