
२५ कार्तिक,
बाँके । प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं. १० स्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको लत्ता कपडा, सुपारी लगायतका सामानहरु कुल जम्मा अन्दाजी मुल्य रु.५६,८००।– (छपन्न हजार आठ सय) रुपैया बराबरको सामान बरामद गरेको बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उक्त बरामद गरेको अवैध सामान थप आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।





