२५ कार्तिक,

आजबाट राष्ट्रिय जनगणना सुरु भएको छ ।

जनगणनाका लागि देशैभर गरी ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक कार्यक्षेत्रमा खटिएका छन् । त्यसमध्यबाट बाँके जिल्लामा ६१७ जना गणक खटाइएको छ।

बाँके जिल्लाका आठवटै पालिकामा १५ दिन लगाएर उनीहरुले जनगणना गर्ने तथ्याङ्क रहेको जनगणना कार्यालय बाँकेका प्रमुख वेदप्रसाद ढकालले जानकारी दिए ।

नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । प्रत्येक दश–दश वर्षमा गरिने जनगणना यसवर्ष कोरोना महामारीका कारण देशभरमा कार्तिक २५ देखि मंसीर ९ गतेसम्म जम्मा १५ दिनमा गरिने जनगणनाको प्रारम्भिक विवरण तीन महिनामा सार्वजनिक गर्न सकिने तथ्यांक विभागले जनाएको छ ।

यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख