
२२ कार्तिक,
चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप दिएको छ ।
चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्।
उक्त खोपसँगै १० वटा भेन्टिलेटर र १०० वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।
नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिए । यस सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको बताए ।





