
२२ कार्तिक,
बाँके । प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित सवारी धनिलाई बुझाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ब्रिटिस ईङ्लिस बोर्डिङ स्कुल नजिक पार्किङ गरी राखेको ठाउँबाट भे९प ९६६३ नम्बरको स्कुटर कार्तिक २० गतेदेखि हराएको थियो ।
उक्त स्थानबाट आफ्नो स्कुटर हराएको भनि प्रहरी कार्यालयमा खोजतलास गरी पाउँ भनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की रचना बिसीले निवेदन दिएकी थिइन ।
त्यसै निवेदनको आधारमा खोजतलास गर्ने क्रममा नेपालगन्ज १९, बसपार्क नजिक सडक किनारामा ह्यान्डिल लक र चावी स्विच खुल्ला भएको अवस्थामा आइतबार उक्त स्कुटर फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँके जानकारी दिएको छ ।
प्रहरीले फेला पारेको उक्त स्कुटर सवारी धनी रचना बिसीलाई बुझाएको जनाएको छ ।





