१७ कार्तिक,

बाँके । बाँकेमा राती ८ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले राती ८ बजे सम्म सभ्य एवम शान्तिपुर्वक तरिकाले स्वास्थ्य मापदण्डाको पूर्ण परिपालना गरी देउसी भैलो खेल्न पाइने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, मादक पदार्थ सेवन गरी होहल्ला झै झगडा नगर्न, पटाका,प्रज्वलनशील एवम विष्फोटक पदार्थ उत्पादन, ओसार पसार, विक्रि वितरण नगर्न, मठमान्दिर, गुम्बा लगायत आदि क्षेत्रमा भिडभाड नगर्न अनुरोध गरेको छ ।

यद्यपी यस सुचना विपरित गरिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख