
१६ कार्तिक,
बाँके । प्रहरीले बरामद गरेको अवैध पटाका नष्ट गरेको छ ।
छिमेकी राष्ट्र भारतको रुपैदिहा बाट अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्रयाउने क्रममा बरामद गरेको अन्दाजी मूल्य २,००,०००।– (दुई लाख) बराबरको पटाकाहरु बरामद गरेको बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उक्त बरामद गरेको पटाकाहरु जिल्ला प्रहरी कार्यालय बाँकेको कम्पाउण्डमा नष्ट गरीएको प्रहरीले जनाएको छ ।





