
१५ कार्तिक,
बाँके । बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, खजुरा गाउँपालिका वडा नंं. ३ स्थित मनकामना बस्ने २३ वर्षिय सुमन विश्वकर्मालाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार,सम्मानित बाँके जिल्ला अदालतबाट बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाए पाएका थिए ।
पक्राउ परेका विश्वकर्मालाई थप कारबाहीको लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।





