१५ कार्तिक,

बाँके । खजुरा गाउँपालिका स्थित बाट २ जना जुवाडेलाई जुवा खेरिहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, बाँके ईलाका प्रहरी कार्यालय धनौलीबाट गएको टोलीले गएराती ९ बजे खजुरा गाउँपालिका वडा नं.२ ए गाउँ नजिक नर्सरीमा जुवा खेलिरहेका दुई जनालाई ६० हजार ५०० नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नं.३ को २८ बर्षीय अशोक बर्मा र रुपइडिहा बस्ने ४० बर्षीय राधे बर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । उनीहरुको साथबाट १८ गड्डी तास समेत फेला परेको हुँदा अरु जुवाडे फरार भएको हुन सक्ने बाँके प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुबै जनासँँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख