
१५ कार्तिक,
कैलाली । बर्दगोरिया गाँउपालिका वडा नं. ६ पृथ्वीपुर स्थित बाट जुवातास खेली रहेको अवस्थामा १८ जनालाई इलाका प्रहरी कार्यालय सडकपुरले पक्राउ गरेको छ ।
उनीहरुलाई गए राती करिब २ बजेको समयमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बलराम चौधरीको घरमा जुवा तास खेलिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटिई गई जुवा खेलिरहेको अवस्थामा फेला पारी उनीहरुको साथबाट नगद रु १,८०,७५०।– र ११ गड्डी तास समेत बरामद गरी पक्राउ गरेको हो ।
उक्त विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पक्रउ पर्नेहरुमा, १) जिल्ला कैलाली बर्दगोरिया गा.पा. वडा नं. ५ बस्ने वर्ष ३६ को शुनिल चौधरी
२) ऐ.ऐ. ३ बस्ने वर्ष ३८ को टेक बहादुर रोकाया
३) ऐ.ऐ. ४ बस्ने वर्ष ३८ को चन्द्र सापकोटा
४) ऐ.ऐ. २ बस्ने वर्ष ३३ को हेम बहादुर बम
५) ऐ.ऐ. २ बस्ने वर्ष ४६ को रविन्द्र थापा
६) ऐ.ऐ. २ बस्ने वर्ष २९ को बरुण शमसेर राणा
७) ऐ.ऐ. ३ बस्ने वर्ष ३२ को आनन्द गौतम
८) ऐ.ऐ. १ बस्ने वर्ष ४० को महेश डगौरा थारु
९) ऐ.ऐ. १ बस्ने वर्ष ४३ को दिपक कुमार बुढा
१०) ऐ.ऐ. ४ बस्ने वर्ष ३० को कमल बुचा मगर
११) ऐ.ऐ. १ बस्ने वर्ष ३६ को ईन्द्र भण्डारी
१२) ऐ.ऐ. १ बस्ने वर्ष ४२ को खुमेन्द्र बहादुर सापकोटा
१३) १४) ऐ.ऐ. २ बस्ने वर्ष ४१ को अरुण शमसेर राणा
१४) ऐ.ऐ. २ बस्ने वर्ष ४३ को लक्ष्मण कुवर
१५) ऐ.ऐ. १ बस्ने वर्ष २९ को विरेन्द्र भण्डारी
१६) ऐ.ऐ. ४ बस्ने वर्ष ४२ को मेघराज सापकोटा
१७) ऐ.ऐ. १ बस्ने वर्ष ३४ को शिवराज सापकोटा
१८) जिल्ला कैलाली लम्की चुहा न.पा. वडा नं. १० बस्ने वर्ष ३२ को तपेन्द्र भण्डारी





