१४ कार्तिक,

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४ कौवापु स्थित बाट जुवातास खेलीरहेको अवस्थामा ९ जना पक्राउ परेका छन ।

प्रहरीका अनुसार, छत्र बहादुर बोगटीको घरमा जुवा तास खेलिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु.९२,६४०।– र ५ गड्डी तासहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा, जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं.४ को बर्ष ४१ को सुरेन्द्र बोगटी, सोही ठाउँको हेमन्त रावल, बर्ष ३८ प्रेम भण्डारी, बर्ष २६ को राज अधिकारी, बर्ष ६० को नन्दराम धमला, वडा नं.१ को बर्ष २५ को खगेन्द्र देबकोटा, बर्ष ३२ को टेकराज अधिकारी, वडा नं.२ को बर्ष २३ को प्रशान्त धामी र बर्ष ४५ को भक्तराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त विषयमा पक्राउ परेकाहरु माथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख