१४ कार्तिक,

कैलाली । लागुऔषध सहित एक जनालाई लम्की इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

आइतबर विहान करिब ९ बजेको समयमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, खैरो हेरोईन कारोबार गरीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले लम्कीचुहा नगरपालिका वडा नं. १ राजीपुर स्थित स्थानिय सुनिल शाहीको साथबाट तौल २ ग्राम ३० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ गरी लागु औषध मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख