
१४ कार्तिक,
बाँके । नेपालगंजस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्युहुनेमा, बाँकेको बैजनाथ गाउँपालिका वडा नं.५ की ६३ वर्षिय महिलाको कोरोना उपचारको क्रममा गएराती मृत्यु भएको जिल्ला कोभिड फोकल पर्सन तेन वलीले जानकारी दिए ।
यो क्रमसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३९ जना पुगेको कोभिड फोकल पर्सन वलीले बताए ।





